विश्वकप छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ, ९ फागुन । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ ।

अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ । क्यानडा समूह बी बाट बाहिरिँदा फिलिपिन्समाथि १० विकेटको जितसँगै ओमान ४ अंकसहित उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल पुगेको अर्को टिम आयरल्याण्ड समूह ए को विजेता हो ।

दुवै सेमिफाइनल खेल मंगलबार एकै समयमा नेपाली समयअनुसार अपराह्न पौने ४ बजेपछि सुरु हुनेछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः