त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही

काठमाडौँ, ९ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार एलएलबी प्रथम वर्षको ल अफ कन्ट्र्याक्ट’ (३०५) विषयको परीक्षा सञ्चालन गरेको थियो । पाठ्यक्रमअनुसार यो विषयको सय पूर्णाङ्कमा परीक्षा सञ्चालन गर्नुपर्छ । समय तीन घण्टा दिनुपर्छ तर परीक्षार्थीलाई वितरण गरिएको प्रश्नपत्रमा ५० पूर्णाङ्क मात्रै छ । समय पनि डेढ घण्टा मात्रै लेखिएको छ । प्रश्नपत्रमा सातवटा प्रश्न सोधिएको छ तर तीनवटा मात्रै हल गर्न भनिएको छ । पूर्णाङ्क ५० लेखिए पनि उत्तीर्णाङ्क तोकिएको छैन ।

प्रश्नपत्रमा समस्या देखेपछि प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस केन्द्रबाट परीक्षा दिएका परीक्षार्थीहरूले विरोध गरेका थिए । क्याम्पसका एक प्राध्यापकका अनुसार केही परीक्षार्थीले प्रश्नपत्र च्यात्दै अरूलाई पनि परीक्षा नदिन हौस्याएका थिए । तर तत्काल क्याम्पस प्रशासनले त्यसो नगर्न अनुरोध गर्दै यसबारे परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराएको थियो । पनिकाले पनि तत्कालै परीक्षा स्थगित गर्नुको सट्टा प्रश्नपत्रमा सोधिएका सातवटामध्ये पाँचवटा प्रश्नको समाधान गर्न लगाउने र परीक्षार्थीले चाहेको अवस्थामा तीन घण्टा नै समय उपलब्ध गराउन सम्बन्धित परीक्षा केन्द्रलाई निर्देशन दिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा