ए डिभिजन फुटबलको उपाधि मच्छिन्द्रले जित्याे

काठमाडौँ, ४ फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटो युथ क्लबलाई हराउँदै मच्छिन्द्रले दुई खेलअघि नै लिगको उपाधि जितेको हो । खेलमा मच्छिन्द्रले सातदोबाटोलाई एक–शून्य गोलले हरायो । उसका लागि ५३ औँ मिनेटमा नोर्लानले गोल गरे । मच्छिन्द्रका खेलाडीले आजको गोल घाइते भएका मनिष डाँगीको नाममा समर्पण गरेका छन् ।

अघिल्लो संस्करणको ‘ए’ डिभिजन लिगको उपाधि पनि मच्छिन्द्रले नै जितेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्