खोप लगाइएपछि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

सर्लाही, ४ फागुन । यहाँका विद्यालयले आफ्नो नियमित पठनपाठन सुरु गरेका छन् । कोरोना सङ्क्रमण र खोप अभियान चलेको समयमा खोप लगाउन भन्दै बन्द रहेका जिल्लाका सामुदायिक तथा निजी विद्यालयले आफ्नो पठनपाठनको काम नियमित गरेका हुन् ।

जिल्लाका २० वटै पालिकामा रहेका सामुदायिक तथा निजी, धार्मिकलगायत सबै विद्यालयले विद्यार्थीलाई खोप लगाइसकेका कारण विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरेका शिक्षा विकास तथा समन्वय एकाइ मलङ्गवाले जनाएको छ ।

जिल्लाका पालिकाले सूचना निकालेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने भएकाले विद्यालय बन्द रहने जानकारी गराएका थिए । विद्यार्थीलाई खोप लगाइसकेपछि पुनःसूचना निकालेर पठनपाठन सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिइएको मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले बताए ।

जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्मका एक लाख दुई हजार ९८७ जना विद्यार्थीले मोर्डना खोपको पहिलो मात्रा लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउने विद्यार्थीको सङ्ख्या भने सङ्कलन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच

काठमाडौँ, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को पहिलो खेलमा लुम्बिनी लायन्सले सहज जित हासिल गरेको छ

काठमाडौँ, ९ कार्तिक । फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ ।  ताप्लेजुङको

काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको