सरोकारवाला भन्छन् – ‘वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव’

काठमाडौँ, ४ फागुन । सरकारले नयाँ शैक्षिक सत्र वैशाखमै सुरु गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन्। उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा सुरु गर्नुपर्नेमा जोड दिएका छन्।

महासंघका अध्यक्ष शुप्रभात भण्डारीले करिब १ सय २० दिन मात्रै पढाइ गरेर परीक्षा लिँदा पढाइमा गुणस्तर आउन नसक्ने भन्दै चैत महिनाभरि पढाएर वैशाखमा परीक्षा लिने र जेठमा मात्र नयाँ शैक्षिक सत्र सुरु गर्नु उपयुक्त हुने बताए। उनले भने – ‘फागुनदेखि शैक्षिक सत्र सुरु भएका कर्णालीमा त अहिलेसम्म दोस्रो त्रैमासिक परीक्षा हुन सकेको छैन भने कसरी वैशाखमै नयाँ शैक्षिक सत्र हुनसक्छ ?’

गत वर्षको शैक्षिक सत्र असारमा सुरु भएको जिकिर गर्दै उनले २०८० सालदेखि मात्रै वैशाखमै सुरु गर्नु उपयुक्त हुने धारणा व्यक्त गरे । उनका अनुसार १ सय ८० दिन अनिवार्य रूपमा पढाउनुपर्ने व्यवस्था उल्लङ्घन गर्दै भौतिक रूपमा करिब ९० दिन मात्रै पढाइ भएको अवस्थामा परीक्षा लिनु कानुनी अपराध ठहरिन्छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच

काठमाडौँ, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को पहिलो खेलमा लुम्बिनी लायन्सले सहज जित हासिल गरेको छ

काठमाडौँ, ९ कार्तिक । फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ ।  ताप्लेजुङको

काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको