हलिउड अभिनेता होर्विट्जलाई २० वर्ष जेल सजाय

काठमाडौँ, ३ फागुन । पोन्जी घोटालामा मुछिएका हलिउड अभिनेता जाकारी होर्विट्जलाई २० वर्षको जेल सजाय सुनाइएको छ ।

सोमबार अमेरिकाको न्याय मन्त्रालयले पोन्जी स्किम समेत भनेर चिनिने करोडौं डलर बराबरको घोटाला काण्डमा मुछिएका होर्विट्जलाई २० वर्षको जेल सजाय सुनाएको हो । त्यस्तै उनले क्षतिपूर्ति स्वरुप २३ करोड डलर तिर्नुपर्ने भएको छ ।

होर्विट्जले अक्टोबरमा धोकाधडी एवं ठगीसम्बन्धी एक आरोप स्वीकार्दै पोन्जी स्किम सञ्चालन गरेको बताएका थिए । उनीमाथि संकलित पैसा निजी खातामा जम्मा गरी ५७ लाख डलरमा घर किनेको, लस भेगासमा मोजमस्ती गरेको र चार्टर जहाजमा यात्रा गरेको आरोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा नं. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको

भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित

पोखरा, १ बैशाख । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा

रौतहट, १ बैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको