काठमाडौँ, ३ फागुन । आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।
आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार नेपाल १३औँ स्थानमा छ । यसअघि नेपाल १२औँ स्थानमा थियो । ओमानमा सम्पन्न चार देशीय टी–२० श्रृङ्खलामा तीन खेलमध्ये नेपाल दुई खेलमा पराजित भएको थियो ।
नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रन र तेस्रो खेलमा आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो । वरीयताको शीर्ष स्थानमा इङ्ग्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौँमा दक्षिण अफ्रिका रहेका छन् ।





