नेपाल यूएईसँग २५ रनले पराजित

काठमाडौँ, २९ माघ । चार देशीय शृङ्खलाको दोस्रो खेलमा नेपाल संयुक्त अरब एमिरेट्स (यूएई) सँग २५ रनले पराजित भएको छ ।

ओमानको मस्कटमा भएको खेलमा युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा  ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१ रन तथा आसिफ शेखले २४ रनको योगदान दिए । नेपालले सुरुवात भने राम्रो गरेको थियो । ओपरद्वय ज्ञानेन्द्र मल्ल र आसिफ शेखले अर्धशतकीय साझेदारी गरेका थिए । मल्ल छैटौँ ओभरमा २२ रन बनाएर आउट भए । नेपालले त्यसपछि लक्ष्य भेट्टाउन प्रयास गरेपछि उच्च रन रेटलाई कायम गर्न सकेन । खेलको अन्त्यतिर लोकेश बमले ३३ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । युएईका लागि रोहन मुस्तफा र कासिफ दौडले २–२ विकेट लिए । 

युएईका लागि रोहन मुस्ताफा र कासिफ दाउदले २-२ तथा जुनैद सिद्दिकीले १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको थियो । युएईका ओपनर चिराग सुरीले ५३ बल खेल्दै ५ चौका र ५ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । यस्तै रोहन मुस्ताफाले ४९, मुहम्मद वासिमले २२ र बसिल अमिदले १७ रन जोडे । मोहम्मद बुटाले अविजित १४ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्