नयाँ भर्सनमा आफ्नो नाम उल्लेख भएपछि अञ्जु पन्तले दिइन् धन्यवाद

काठमाडौँ, २७ माघ । ‘न बिर्सें तिमीलाई’को नयाँ भर्सनमा ओरिजिनल गायक/गायिकाको नाम र गजलको भिडियो लिंक उल्लेख गरेपछि गायिका अञ्जु पन्तले गजलकार विपिन किरण लगायत टिमलाई धन्यवाद दिएकी छन् ।

गीतकार विपिन किरणले केही दिनअघि आफ्नो चर्चित गजललाई रचना रिमालको स्वरमा रि-रेकर्डिङ गरेर सार्वजनिक गरेका थिए । नयाँ भर्सन सार्वजनिक भएसँगै रचनाको स्वरलाई अञ्जुको स्वरसँग तुलना गर्नुका साथै ओरिजनल गायक-गायिकाको नाम उल्लेख नभएकोमा निकै आलोचना भएको थियो ।

आलोचनापछि विपिनले बिहीबार मात्रै नयाँ भर्सनमा गायक अञ्जु र जगदीश समालको नाम उल्लेख गरेका छन् ।

उनले भनेकी छन, ‘न विर्षे तिमीलाई गजलका गजलकार विपिन किरण लगायत टिमलाई धेरै धन्यवाद् । मानिसबाट कहिलेकहिँ जान अन्जानमा भुल हुन्छ, यस्तै भुल बाट नै सुधार गर्दै र सिक्दै जाने हो, हामी सबैले । विपिनभाईसँगको बातचितपछि सम्पूर्ण श्रोता दर्शकको माया र भावनाको कदर गर्दै नयाँ भर्सनमा यस गजलका ओरिजिनल सिंगरको नाम र लिंक समेत राख्नुभएको छ, यो तपाईको कदम प्रशंसनिय छ । भविश्यमा हामी सबै मिलेर नेपाली गीत संगीतको उन्नतिका लागि हातेमालो गर्नुपर्छ र गर्ने नै छौँ । फेरी पनि रचना नानुलाई धेरै माया र आशिर्वाद ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण