काठमाडौँ, २७ माघ । अभिनेता अनमोल केसीले फिल्म हनी बनी’मा साइन गरेका छन् ।
अनमोलले दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘हनी बनी’का लागि लिखित सम्झौता गरेका हुन् ।
कुनै पनि फिल्म साइन गर्नका लागि लामो समय लगाउने अनमोलले ‘हनी बनी’ भने दुई दिन कथा पढेर साइन गरेका थिए । निर्देशक भट्टराईका अनुसार यो फिल्मको छायांकन मार्च महिनाबाट लण्डनमा हुनेछ ।
एबी इन्टरनेसनलको प्रस्तुतिमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा यो फिल्म बन्न लागेको हो ।