एसईई वैशाख ९ गतेदेखि हुने

काठमाडौँ, २६ माघ । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ ।

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।

स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ भदौ । नाइजेरियाको तेलका लागि समृद्ध मानिने रिभर्स राज्यमा पेट्रोलियम पदार्थबाट निस्केको विषाक्त रासायनिक धुवाँका कारण बिहीबार बिहान करिब

एजेन्सी, १८ भदौ । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित डाउनटाउन क्षेत्रमा बुधबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

एजेन्सी, १७ भदौ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन गतिविधिका कारण रूसको हवाई क्षेत्र नागरिक उड्डयनका लागि

एजेन्सी, १७ भदौ । थाइल्यान्डले ६० भन्दा बढी देशका नागरिकलाई दिँदै आएको भिसाबिनाको बसाइको अवधि आधा घटाएर ३० दिनमा सीमित गर्ने