कञ्चनपुरमा ६० हजार विद्यार्थीलाई पूर्ण खोप

कञ्चनपुर, २४ माघ । कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्णमात्रा खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले यहाँ सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये ६० हजारले खोपको दोस्रो मात्रासमेत लगाइसकेको जनाएको छ ।

स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कुँवरले अझै विद्यालयहरूमा खोप अभियान सञ्चालनमा रहेको जानकारी दिए । ‘सो उमेर समूहमा तीन हजार जति बालबालिका छुटेकाले हामीले थप खोप माग गरेका छौं’, कुँवरले भने, ‘केही समयपछि छुटेकालाई पनि पहिलो खाप लगाइनेछ ।’

त्यसैगरी यहाँ ८८ प्रतिशत नागरिकले पहिलो मात्रा र ७८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘यहाँको कूल तीन लाख जनसङ्ख्या मध्ये ७८ प्रतिशतले खोप लगाइसके’, उनले भने, ‘भारतबाट स्वदेश फर्किनेलाई पनि गड्डाचौकी र गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षणसँगै खोपसमेत लगाइँदैछ ।’

यहाँ दैनिक २८ देखि ४० जनासम्ममा पछिल्लो समय कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यहाँ ५६५ सक्रिय सङ्क्रमित रहेकामा अधिकांश होम आइसोलेसनमा छन् । कञ्चनपुरमा कोरोना सङ्क्रमणबाट हालसम्म २०८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच

काठमाडौँ, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को पहिलो खेलमा लुम्बिनी लायन्सले सहज जित हासिल गरेको छ

काठमाडौँ, ९ कार्तिक । फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ ।  ताप्लेजुङको

काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको