मधेस प्रदेशमा अनेरास्ववियुः यातायातमा ४५ प्रतिशत छुटको ग्यारेन्टी गर्न माग

जनकपुर, २१ माघ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु मधेस प्रदेशले लामो समयसम्म संगठनले लडेर ल्याएको विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुटको व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्न माग गरेको छ ।

अनेरास्ववियुको मधेस प्रदेश संयोजक अञ्जना सिवाकोटीले अनेरास्ववियुको तत्कालिन अध्यक्ष स्व. रविन्द्र अधिकारीको समयमा लामो आन्दोलन पछि प्राप्त उपलब्धी यातायात क्षेत्रमा विद्यार्थीलाई ४५ प्रतिशतको छुट भएको उल्लेख गर्दै मधेस प्रदेशमा उक्त छुटलाई कडाईका साथ कार्यान्वयन गर्न माग गर्नुभएको छ । त्यस्तै मधेस प्रदेशभित्र सञ्चालनमा रहेको सामुदायीक विद्यालयहरुले अंग्रेजी भाषामा पढाउने नाममा विद्यार्थीहरुबाट चर्को शुल्क लिई अभिभावको ढाड सेक्ने कार्य भइरहेकाले उक्त कार्य रोक्नको लागि मुख्यमन्त्री लालबाबु राउतलाई विहिवार ध्यानाकर्षणपत्र बुझाएको छ ।

संयोजक अधिकारीले मुख्मन्त्रीलाई ध्यानाकर्षणपत्र बुझउँदै भन्नुभयो, ‘अनेरास्ववियुकै नेतृत्वमा प्राप्त अधिकार विद्यार्थी परिचयपत्रमा यातायातमा ४५ प्रतिशत छुट मधेस प्रदेशको कुनै पनि जिल्ला कार्यान्वयन आजसम्म पनि नभैरहेको र सर्वजनिक विद्यालयहरुमा अङ्ग्रेजी भाषामा पढाउने नाममा विद्यार्थीहरुलाई चर्को शुल्क लिएर अभिभावकको ढाड सेक्ने काम गर्दै आएको हुँदा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइएका छौं । विश्वास छ हाम्रो माग पुरा हुनेछ । यदी हाम्रो मागलाई वेवस्था गरे अनेरास्ववियु जस्तोसुकै कदम चाल्न बाध्य हुने छ र त्यसको जिम्मा स्वंम प्रदेश सरकार हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र