स्थायी शिक्षकका लागि झन्डै २ लाख ३७ हजारको आवेदन

काठमाडौँ, २१ माघ । झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय तहको आवेदन दिने समय सकिँदै छ। योसँगै आजबाट शिक्षक सेवा आयोगको सबै विज्ञापनको फाराम भर्ने म्याद सकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए । 

उनका अनुसार बिहीबारसम्म २ लाख ३६ हजार ३ सय ४७ जनाले फारम भरका छन् र अझै करिब ७ सयको आवेदन पर्न सक्ने आँकलन गरिएको छ । सूचना अधिकारी मरहठ्ठाका अनुसार हालसम्म माध्यमिक विद्यालय तहमा १ हजार ५ सय ५२ जनाका लागि ३५ हजार ५ सय ४५ र निम्न माध्यमिक विद्यालय तहको १ हजार ६ सय ६ जनाका लागि ८५ हजार ६ सय ३३ जनाले आवेदन फारम भरेका छन् । प्राथमिक विद्यालय तहमा १३ हजार २ सय ९७ जनाको माग भएकोमा हिजो बिहीबारसम्म १ लाख १५ हजार १ सय ६९ जनाले आवेदन दिएका छन् । सबै तथ्यांक संकलन गदा तीन तहका परीक्षामा करिब २ लाख ३७ हजार जनाको आवेदन पर्ने अनुमान गरिएको मरहठ्ठाले बताए । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित