सुकीविरुद्ध थप मुद्दा दर्ता

एजेन्सी, १७ माघ । म्यानमारमा सत्तामा आएको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीविरुद्ध निर्वाचनमा धाँधली गरी जितेको भन्दै थप मुद्दा दर्ता गरेको छ ।

म्यानमारको सेनाले ‘कू’ गरेको एक वर्षपछि सुकीविरुद्ध नयाँ मुद्दा दर्ता गरेको हो । मुलुकको निर्वाचन आयोगलाई प्रभावमा पारी सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै उनीविरुद्ध मुद्दा दर्ता गरिएको स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।

सुकीविरुद्ध दर्ता गरिएको नयाँ मुद्दा ६ महिनाभित्र छिनोफानो हुने समेत स्रोतले जनाएको छ । उनीसँगै पूर्व राष्ट्रपति एवं नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का प्रभावशाली नेता विङ मिङ्टविरुद्ध समेत निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक