एनआइसी बैंक सूनपा विस्तारित काउण्टर: ‘बैंक पनि साथी पनि’ की ‘बैंक पनि सास्ती पनि ?’

भक्तपुर, १७ माघ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराले परिचित बनाएको एनआइसी एसिया बैंक सूर्यविनायक नगरपालिका विस्तारिक काण्टरमा भने गुनासै गुनासोको चाँङ रहेको छ ।

बैंले दिएको नाराले त जो कोही एनआइसी बैंकमा कारोवार गर्न जागरु बनाउला । तर सूर्यविनायक नगरपालिकाको कार्यालयसँगै रहेको विस्तारित काउण्टरको व्यवस्थापन र सेवाग्राहीलाई अत्याधिक दुःख दिएको पाइएको छ । ‘बैंक पनि साथी पनि’ की ‘बैंक पनि सास्ती पनि ?’ हो भन्ने सेवाग्राहीमा गंभिर प्रश्न खड्कीएको छ । दैनिक करोडौं रकमको कारोवार हुन सक्ने उक्त काउण्टरमा बैंकले दुई जना मात्र कर्मचारी राखेर सञ्चालन गरिरहेको छ । जसले गर्दा सेवाग्राही लामो समयसम्म लाइनमा बस्नुपर्ने, आवश्यक मात्रामा बैंकिङ सुविधा नपाउनेलगायतका वाध्यताहरु रहेका छन् ।

नगरपालिका कार्यालय विशेष गरी सञ्चालन गरिएको विस्तारित काउण्टरमा नगरपालिकाबाट आम नागरिक तथा उपभोक्ताले पाउनु पर्ने सम्पूर्ण सेवा सुविधा तथा आर्थिक गतिविधिहरु सञ्चालन भएका छन् । जसमा उपभोक्ता समितिहरुले नगरपालिकाको बजेटमा विभिन्न विकास निर्माण लगायतका कार्यहरु सञ्चालन हुन्छन् । जसको आर्थिक कारोवार उक्त विस्तारित काउण्टरबाट नै गर्ने गरिएको छ । यसै क्रममा नाम उपभोक्ता समितिको खाता खोल्दा उक्त विस्तारित काउण्टरले अत्याधिक दुःख दिई काम गर्न कठिन भएको समितिका सञ्चालकहरुले गुनासो गर्ने गरेका छन् । बैंकले सेवाग्राहीलाई दिने सुविधाहरु समेत राम्रो नभएको गुनासो रहेको छ । नगरपालिकाले बैंकको विस्तारित काउण्टरलाई स्पष्टिकरण सोध्दा समेत वास्ता नगरी आफ्नै मनोमानी रुपमा सञ्चालन गरिरहेको पाइएको छ ।

नगरपालिकाको संस्थागत खाताको करिव ७० करोडभन्दा बढी रकम एनआइसी बैंकमा नै रहेको छ । जसले गर्दा बैंकले मासिक लाखौं रकम कमाइरहेको छ । नगरपालिकाको ७० करोडभन्दा बढी रकमसमेत सित्तैमा चलाउने र नगरपालिकाका तथा आफ्नो सेवाग्राहीलाई नै दुःख दिनु बैंकको गैरजिम्मेवारी पन भएको नगरपालिकाका कर्मचारी बताउँछन् । नगरपालिकाले विना प्रतिष्पर्धा आफ्नै कार्यालयसँगै सञ्चालन गर्न दिएको बैंकको विस्तारित काउण्टरले नगरपालिकालाई नै अप्ठ्यारो परेको बताइएको छ । आगामी दिनमा नगरपालिकाको आर्थिक गतिविधि, विकास निर्माणका कार्यहरु, उपभोक्ता समितिका कार्यहरुलगायतका गतिविधि सञ्चालन गर्न एनआइसी बैंकबाट समस्या पैदा भएकाले अब प्रतिष्पर्धाको माध्यमबाट बैंकको विस्तारित काउण्टर सञ्चालन गर्नुपर्ने आवाज व्यापक मात्रामा उठ्दै गएको छ । जसले गर्दा हाम्रोलाई नभई राम्रोलाई प्राथमिकता दिई अगाडी बढेमा नगरपालिकालाई सहज हुने सुझाव समेत सेवाग्राहीले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २१ सय