पूर्वमिस यूएसए चेस्लीद्वारा आत्महत्या

हलिउड, १७ माघ  । सन् २०१९ की मिस यूएसए तथा म्यागजिन ‘एक्स्ट्रा’की संवाददाता चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन् । उनी यही जनवरी ३० मा न्युयोर्क सिटीमा मृत भेटिएकी हुन् ।

न्युयोर्क पोस्टका अनुसार ३० वर्षीय चेस्लीको न्युयोर्क सिटीको ३५० वेस्ट ४२ स्ट्रिटमा अवस्थित २०६.१५ मिटर अग्लो भवनबाट आइतबार बिहान ७ः१५ बजे हामफालेर मृत्यु भएको हो ।

वासिङटन पोस्टमा विज्ञप्ति जारी गर्दै चेस्लीको परिवारले उनको मृत्युको खबर पुष्टि गरेको हो । विज्ञप्तिमा लेखिएको छ, “ठूलो शोकमा, हामी हाम्रो प्यारी चेस्लीको निधनको खबर सार्वजनिक गर्दै छौँ । उनको महान् ज्योति भनेको उनको सुन्दरता र शक्तिले संसारभरिकालाई प्रेरणा दिनु रह्यो ।”

एक्सट्रा म्यागजिनबाट उनका सहकर्मीहरूले पनि समवेदना व्यक्त गरेका छन् । आत्महत्या गर्नुअघि उनले अन्तिम पोस्टका रूपमा इन्स्टाग्राममा आफ्नो एउटा सुन्दर फोटोसहित लेखेकी थिइन्, “यो दिनले तपाईंमा शान्ति र आराम ल्यायोस् ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । श्रमिकका गुनासो सुन्न श्रम मन्त्री शेरबहादुर कुँवरले श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन गर्ने भएका छन ।

काठमाडौँ, ३ भदौ । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिले सहसचिवहरु

काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकाको फोहोर उठ्न कम्तीमा एक साता लाग्ने भ्येको छ । स्यानिटरी ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर

काठमाडौँ, ३ भदौ । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार मुटुको समस्या

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021