काठमाडौँ, १७ माघ । भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘बिग बोस १५’को विजेता तेजस्वी प्रकाश बनेकी छन् ।
आइतबार भएको फाइनलमा कार्यक्रम सञ्चालक अभिनेता सलमान खानले तेजस्वीलाई विजेता घोषणा गरे । उनले ट्रफीसँगै ४० लाख भारतीय रुपैयाँ पुरस्कार पाएकी छन् । यस्तै प्रतीक सहजपाल फस्ट रनरअप भएका छन् । अन्तिम चारमा तेजस्वी र प्रतीकसहित निशान्त भट्ट र करण कुन्द्राले स्थान बनाएका थिए । तर निशान्तले १० लाख रुपैयाँ लिएर शो छाडेका थिए ।
कार्यक्रममा ‘बिग बोस १३’का विजेता सिद्धार्थ शुक्लालाई टिब्युट दिइएको थियो । कलाकार शहनाजले आफ्नो नृत्यको माध्यमबाट उनलाई टिब्युट दिएकी थिइन् ।