सिजनमै चिनीमा कालोबजारी, किलोकै १ सय रुपैयाँ

काठमाडौँ, १७ माघ । उत्पादन हुने सिजनमै व्यापारीले उपभोक्ताबाट चिनीमा मनलाग्दी मूल्य लिने गरेका छन् । व्यापारीहरूले अहिले चिनी किलोको १ सय रुपैयाँसम्म लिने गरेका छन् । यो मूल्य विगतका तुलनामा धेरै हो । चिनीको अत्यधिक माग हुने तिहारमा समेत चिनीको मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँसम्म थियो ।

उन्पादन हुने सिजन र अत्यधिक माग नहुने समयमा समेत चिनीको मूल्य प्रतिकिलो एक सयबाट नघटेपछि उपभोक्ता अधिकारकर्मी र उपभोक्ताले यसलाई सामान्य रूपमा लिएका छैनन् । सरकारका उच्च कर्मचारी र उद्योगी व्यवसायीको मिलेमतोमा चिनीमा मनलाग्दी मूल्य लिने गरिएको हो ।

चालू आर्थिक वर्षमा सरकारले साल्ट टे«डिङ कर्पोरेसनलाई चिनी आयातका लागि अनुमति नदिएकाले पनि व्यापारीको मनपरी बढेको उपभोक्ताकर्मीको भनाइ छ । साल्ट टे«डिङसँग चिनी नभएकै कारण व्यापारीले विभिन्न बहानामा चिनी उत्पादन हुने सिजनमै प्रतिकिलो १ सय रुपैयाँ लिन थालेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् । सरकारकै निर्देशनमा सीमित व्यापारीहरूको मिलेमतोमा चिनीमा मनपरी मूल्य लिने काम भएको अध्यक्ष बानियाँको भनाइ छ ।

‘अहिले चिनी उत्पादन हुने सिजन हो, यही सिजनमा किलोकै १ सय रुपैयाँ लिनु भनेको त अचाक्ली नै हो,’ उपभोक्ताकर्मी बानियाँले भने, ‘आफ्नै आँखा अगाडि कालोबजारी भइरहँदा पनि सरकार चुप लागेर बस्नु भनेको झन लाजमर्दो हो । बजार अनुगमन गरी मूल्य नियन्त्रणमा लिनुपर्ने सरकार किन कानमा तेल हालेर बसेको छ, बुझिनसक्नु छ ।’ यो समाचार राजधनी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021