बलिउड अभिनेता सलमान खान नेपाल आउने

काठमाडौँ, १५ माघ । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् ।

कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाले सलमानलाई नेपाल ल्याउन लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘सलमान भाइलाई भेटेर आनन्द आयो । मेरो देशमा चाँडै भेट हुनेछ’ पुर्जाले लेखेका छन् ।

७ महिना भित्रका संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका पुर्जाले संसारका चर्चित सेलीब्रेटीलार्ई जुटाएर काठमाडौंमा एक कार्यक्रम गर्ने तयारी गरिरहेका छन् ।

सोही कार्यक्रममा सलमान समेत ल्याउने उनको योजना रहेको छ । भेटमा सलमानलाई पुस्तक दिँदै उक्त नेपाल आउने समेत निम्तो दिएको बताइन्छ । सोही कार्यक्रममा पुर्जाले विश्व चर्चित डिस्कभरि च्यानलका होस्ट बियर ग्रिल्ज पनि ल्याउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ चैत । इजरायलले शनिबार मध्यरातपछि मध्य सिरियाली प्रान्त होम्समा रहेका सैन्य स्थलमा मिसाइल आक्रमण गरेको सरकारी टिभीले जनाएको

एजेन्सी, १८ चैत । मध्य अमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौँ घाइते

एजेन्सी, १७ चैत । दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई

एजेन्सी, १७ चैत । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका छन् । पक्राउ परेका एभन ग्रेस्क्राेभीचलाई