प्रधानमन्त्री कप क्रिकेटमा आज चार वटा खेल हुँदै

काठमाडौँ, २७ पौष । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दुई र मुलपानी मैदानमा दुई वटा खेल हुनेछन् । त्रिवि मैदानमा आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् ।

यस्तै त्रिवि मैदानमा आज हुने दोस्रो खेलमा वाग्मती प्रदेश र एपीएफ क्लब खेल्दैछन् । वाग्मतीले हिजो भएको खेलमा लुम्बिनीलाई र एपीएफले प्रदेश–२ लाई हराएको थियो । काठमाण्डौको मूलपानी मैदानमा आज हुने पहिलो खेलमा प्रदेश–१ र कर्णाली तथा दोस्रो खेलमा प्रदेश–२ र गण्डकी प्रदेश खेल्दैछन् ।

हिजोदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । पछिल्लो पटक संविधानसँग बाझिएका कानुन संशोधनको दाबी गरेको पाँच दलीय सत्ता गठबन्धनको बैठक आज शनिबार बस्दैछ ।

काठमाडौँ, १५ माघ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र

काठमाडौँ, १५ माघ । अर्थमन्त्री जनार्दन शर्माले जुन सरकारले सबैभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका

काठमाडौँ, १५ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोबाइल फोन चलाउन र साथमा राख्न

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021