मुगुका आगलागी पीडितलाई सहयोग

मुगु, २५ पौष । मुगुका आगलागीपीडित परिवारलाई आठ लाखभन्दा बढीको सहयोग हस्तान्तरण गरिएको छ । मनकारी केही गैरसरकारी संस्था र व्यक्तिको सहयोगबाट प्राप्त खाद्यान्न तथा लत्ताकपडा लगायतका सामग्री आगलागीपीडितलाई शनिबार हस्तान्तरण गरिएको हो । 

गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागीमा २१ घर जलेर खरानी भएका थिए भने ती घरमा व्यवसाय गर्दै र भाडामा बस्दै आएकाहरूको व्यापारी तथा घरायसी  सामान गरी ३५ करोड बढीको क्षति भएको थियो ।

आगलागीपीडित परिवारमध्ये हाल आठ परिवार प्रदेश सरकारले उपलब्ध गराएको पालमा र अन्य व्यक्ति बजारमा भाडामा बस्दै आएका छन् ।सहयोग हस्तान्तरण गर्न पीडितपरिवार बसेको पालमै पुगेका ददिराम कुमाई, मनमान बुढा र रजनी भामले सङ्कलित सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा ८३ परिवारलाई प्रतिपरिवार ३० केजी चामल, कम्बल र म्याट वितरण गरिएको थियो ।

छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले पीडित परिवारलाई जिन्सी र  खाद्यान्नभन्दा अब घर निर्माणमा सहयोग पुग्ने निर्माण सामग्री र नगद सहयोगमा दाता तथा सरकारले प्रदान गर्न आग्रह गरे । दावाछिरिङ लामाबाट रु २० हजार, दावाछिरिङ जिग्मे तोर्चे लामाबाट रु २० हजार, खारीगाउँका १३ घरबाट रु २७ हजार, मनमान बुढाबाट रु २० हजार बराबरको बत्ती सहयोग प्रदान गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । सभापति शेरबहादुर देउवाले सबै पक्षलाई समेटेर अघि बढ्न नसकेको आरोप लगाउँदै कांग्रेसका एकथरी नेता तथा कार्यकर्ता सार्वजनिक

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021