सामसुङ, माइक्रोनले चीनमा गरिएको लकडाउनले मेमोरी चिप उत्पादनमा बाधा पुर्‍याउन सक्ने चेतावनी

बेइजिङ, २४ पौष । विश्वका दुई ठूला मेमोरी चिप निर्माताहरू सामसुङ र माइक्रोन टेक्नोलोजीले चिनियाँ सहर सियानमा गरिएको कडा लकडाउन र प्रतिबन्धात्मक नियमहरुको कारण मेमोरी चिप उत्पादनमा बाधा पुग्नसक्ने चेतावनी दिएका छन्।

सहरको लकडाउनले विश्वव्यापी आपूर्ति शृङ्खलाहरूमा थप दबाब दिएको र दुई वर्ष लामो महामारीको बीचमा अर्धचालकलगायत कच्चा पदार्थको मूल्य बढेको छ। यसमा थप लकडाउन गरिँदा निर्यातकर्ताहरूको लागि उच्च भाडा लागत लाग्ने र समस्या सिर्जना हुनसक्ने बताइएको छ।

चिनियाँ लकडाउनले डाटा केन्द्रहरूमा व्यापक रूपमा प्रयोग हुने मेमोरी चिपहरूको आपूर्तिमा ढिलाइ हुन सक्ने माइक्रोनले बुधबार जनाएको हो। कडा प्रतिबन्धहरू, जुन यस महिनाको सुरुमा लागु भएको थियो, जसले गर्दा उत्पादन साइटमा कर्मचारीको संख्यामा कमी हुनुका साथै उत्पानदको स्तरमा पनि गिरावट आएको माइक्रोनले जनाएको छ। सामसुङ इलेक्ट्रोनिक्सले बुधवार डाटा केन्द्र, स्मार्टफोन र अन्य टेक ग्याजेटहरूमा डाटा भण्डारणको लागि प्रयोग हुने एनएएनडी फ्ल्यास मेमोरी चिपहरूको लागि आफ्नो सियान निर्माण सुविधाहरूमा अस्थायी रूपमा सञ्चालनहरू समायोजन गर्नेछ।

सामसुङको सियान सेमीकन्डक्टर सुविधा हाल सामान्य रूपमा सञ्चालन भइरहेको छ। चिनियाँ मिडिया समूह यीकाइले गत बिहीबार रिपोर्ट गरेको छ। विश्लेषण प्रदायक ट्रेन्डफोर्सले पनि सामसुङको सियान प्लान्टले अहिलेको लागि महत्त्वपूर्ण अवरोध बिना उत्पादन गरिरहेको र कच्चा पदार्थको आपूर्ति पर्याप्त देखिन्छ, तर महामारी नियन्त्रण नगरिए उत्पादनमा गिरावट आउन सक्ने बताएको छ। चीनमो कोरोना महामारी तीव्र बन्दै गएपछि चिनियाँ सरकारले लकडाउनसहितका प्रतिबन्धात्मक नियमहरु लागु गरेको हो। जसले गर्दा चिनियाँ जीवन फेरि कष्टकर बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् ।

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021