“नाम- साप्रपा, चुनाव चिन्ह- हलो”

विवेकशील साझा पार्टी र राप्रपा बिच एकीकरणको घनिभूत तयारी हुँदै छ । साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्रले सबै कुरा मिल्न सक्ने तर नाम र चुनाव चिन्हमा सहमति हुन पर्ने बताउँदै आइरहेका छन् । ‘विवेकशील साझा राप्रपामा मिल्न सक्दैन। राप्रपा साझामा आउन सक्दैन । दुवै पार्टी मिलेर नयाँ शक्ति बनाउन सकिन्छ’ रवीन्द्र मिश्रले भन्दै आइरहेका छन् ।

अहिले यिनै विषयमा आन्तरिक रूपमा छलफल हुँदै गरेको बुझिएको छ । सबै मुद्दामा लगभग समानता रहेको भन्दै वार्ता समितिका संयोजक डा धवल शमशेर राणाले एक टिभी अन्तर्वार्तामा बताएका थिए । अहिले दुई पार्टीका नेताहरू बिच नियमित भेटवार्ता हुँदै आएको छ । हिजै मात्र धनगढीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र साझा पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक गोपी हमाल बिच भेटवार्ता भएको थियो ।

यी नियमित हुने छलफलमा पार्टीको पार्टीको नाम साझा प्रजातान्त्रिक पार्टी राख्ने विषयमा छलफल भइरहेको छ । रवीन्द्र मिश्र पक्षका नेताले नाम नखुलाउने सर्तमा भन्छन्, “लगभग सबै मुद्दा मिलेपछि अब दुई वटा पार्टी बनाएर काम छैन । नाम साप्रपाबारे छलफल हुँदै छ । चुनाव चिन्ह यदि साझाबाट पार्टीको नाम सुरु हुने हो भने हामी हलो मान्न तयार छौँ ।”

अहिले विवेकशील साझा पार्टी भित्र विवाद छ । अध्यक्ष मिश्रको एउटा धार छ भने संयोजक पाण्डे, नेता केशव दाहालको अर्को धार छ। पाण्डे-दाहाल समूहले संविधान, व्यवस्थाको रक्षा गरिरहेका छन् भने मिश्रले संविधान विरोधी मुद्दा उठिरहेका छन् । पाण्डे-दाहाल समूहका प्रवक्ता हरीश भट्टले रवीन्द्र मिश्रलाई २०६९ सालदेखिको लेगेसीलाइ धुल्मिलाउने काम नगर्न र विवेकशील साझा पार्टी छाड्न चुनौती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल

एजेन्सी, २९ असार । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।  थाइल्यान्डका प्रधानमन्त्री

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ