काठमाडौँ, २० पौष । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त हुनुभएको छ ।
मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार उहाँलाई निमित्त प्रबन्ध निर्देशक तोकेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भए पनि हाल सो प्रक्रिया सम्पन्न भइसकेको छैन । मन्त्रालयले पुस १८ गतेको पत्रअनुसार कम्पनीका नायब प्रबन्ध निर्देशक वैद्यलाई निमित्त प्रबन्ध निर्देशक तोकेको हो ।