‘प्रेम गीत–३’को रिलिज डेट सर्यो

काठमाडौँ, २० पौष । फिल्म ‘प्रेम गीत–३’को रिलिज डेट सरेको छ । फागुन १३ गते प्रदर्शन हुने भनिएको सो फिल्म प्रदर्शन मिति सारिएको निर्माता सन्तोष सेनले जानकारी दिए ।

उनका अनुसार प्रदर्शनको अर्को मिति भने अहिले तोकिएको छैन । कोरोना संक्रमणको त्रासलाई मध्यनजर गरेर तोकिने छ । उनले भने, “हामीले प्रेम गीत–३ को पोष्ट प्रोडक्सनको काम नेपाल लगायत मुम्बइका दिग्गज टिमहरुबाट सम्पन्न गरेका छौं । यसको पर्दशन मिति फागुन १३ गतेलाई लच्छित गरेर विभिन्न प्रचारप्रसार सामग्री तयार भएसँगै दर्शक माझ पस्कने तयारीमा थियौँ,” “यसैक्रममा भारतीय वितरक समूहले दिएको सल्लाह र सिनेमा घरहरु बन्द हुने क्रम बढेको हुनाले नेपाल, भारत तथा विश्वभरी अलग–अलग मितिमा प्रदर्शन नगरी एकसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएकाले त्यसलाई हामीले स्वीकार गरेका छौं ।”

भारतमा पनि थिएटरमा रिलिज गर्ने भनिएको उक्त चलचित्र त्यहाँका धेरै स्थानमा सिनेमा हल बन्द भइसकेका कारण केही समयका लागि पछि हटेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको