३५ हजार बालबालिकालाई विद्यालयमै खोप

तनहुँ, ६ पौष । तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो । 

विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई विद्यालयमै खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरिएको छ । “मोडर्ना खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरणसँगै खोप पनि दिएर पठाएका छौ,” उनले भने, “स्थानीय तहले यसको व्यवस्थापन मिलाउनेछन् ।” जिल्लाको म्याग्दे गाउँपालिकाले पुस ८ गते १३ वटा विद्यालयमा अध्ययनरत बालबालिकालाई खोप लगाउने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार पाँच वटा विद्यालयमा खोप केन्द्र तय गरिएको छ । ती विद्यालयमा रहेका एक हजार पाँच सय छ विद्यार्थीलाई खोप लगाइनेछ । 

पसले आधारभूत विद्यालयका २४, गणपति माध्यमिक विद्यालयका १५०, विजय आधारभूत विद्यालयका नौ, महेन्द्र माध्यमिक विद्यालयका १९३, मिन माध्यमिक विद्यालयका ४००, गणेश माध्यमिक विद्यालयका २७, अकला आधारभूत विद्यालयका १८, प्रभा आधारभूत विद्यालयका १३, आदर्श बोर्डिङ स्कूलका ११०, न्युभिजन पब्लिक स्कूलका ४४, राधा माध्यमिक विद्यालयका ३८९, मेघदह बोर्डिङ स्कूलका ७४ र रत्न माध्यमिक विद्यालयका ५५ विद्यार्थीलाई खोप लगाइनेछ । बन्दिपुर गाउँपालिकाले पुस ६ गतेदेखि ८ गतेसम्म खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिकाले आठ वटा खोपकेन्द्रमार्फत् १५ वटा विद्यालयका विद्यार्थीलाई पहिलो मात्राको खोप लगाउने स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले जानकारी दिए । 

गाउँपालिकाले पवित्रा मावि, विष्णु मावि, जनता आवि, मनास्लु बोर्डिङ, दीपशीखा बोर्डिङ, जगदिश्वर आवि, नोट्रेडम मावि, बिलिभर्स बोर्डिङ, भानु मावि, दिल आवि, कालिका मावि, शिव मावि, अरुण मावि र सेतीगङ्गा आविका विद्यार्थीलाई खोप लगाउनेछ । व्यास नगरपालिकाले पुस १३ गते खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकाका लागि पुस ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा मोडना खोप अभियान सञ्चालन गर्दैछ । खोपहरू पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्क भई बालबालिकालाई खोप लगाउन प्रेरित गर्न सरकारले आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा