शिक्षक बढुवाको बाटो खुल्यो

​काठमाडौँ, ३ पौष । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक बढुवाको बाटो खुलेको छ । मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोग नियमावलीको ११औँ संशोधन स्वीकृत गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्ले नियमावली संशोधनलाई स्वीकृति प्रदान गरेको जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले बिहीबार नियमावली स्वीकृत गरेको हो ।

नियमावलीमा भएको नयाँ व्यवस्थाअनुसार बढुवाको प्रतिस्पर्धामा भाग लिन चाहने शिक्षकले एक सय पूर्णाङ्कको लिखित र २५ पूर्णाङ्कको अन्तर्वार्तामा बस्नुपर्नेछ । अन्तर्वार्ताको २५ पूर्णाङ्कमध्ये १५ अङ्क अन्तर्वार्ता र १० अङ्क शिक्षण अनुभवलाई प्रदान गरिने व्यवस्था रहेको शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले जानकारी दिए ।

खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्दा दुई सय पूर्णाङ्कको लिखित र २५ पूर्णाङ्कको अन्तर्वार्ता सञ्चालन गरिने नियमावलीमा उल्लेख छ । यसअघि २०७३ सालमा मन्त्रिपरिषद्ले पारित गरेको आयोगको १०औँ संशोधनले शिक्षक बढुवाका लागि पनि खुला विज्ञापनमा प्रतिस्पर्धा गर्ने व्यक्तिसरह परीक्षा दिनुपर्ने व्यवस्था गरेको थियो ।

त्यतिखेर आयोगका पदाधिकारीको आशय लिखित परीक्षा एक सय पूर्णाङ्कको मात्रै हुनेछ भन्ने थियो । तर नियमावलीले खुला सरह भनेपछि दुई सय पूर्णाङ्ककै लिखित परीक्षा सञ्चालन गर्नुपर्ने तर त्यसरी सञ्चालन गर्न व्यावहारिक नहुने देखिएपछि आयोगले नियमावलीको एघारौँ संशोधन तयारी थालेको हो । त्यतिबेलाको तयारीले अहिले पूर्णता पाएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा