अनेरास्ववियु भक्तपुर क्याम्पसद्वारा ३१ सदस्यीय कमिटी चयन

भक्तपुर, २९ मंसिर । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु भक्तपुर बहुमुखी क्याम्पस कमिटीले निर्विरोध रुपमा ३१ सदस्यीय क्याम्पस कमिटी चयन गरेको छ ।

हिजो क्याम्पस कमिटीको १९औं सम्मेलनबाट यादव दुलालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी निर्माण गरेको हो । उपाध्यक्षमा नविन शर्मा, सचिवमा संगित दाहाल, सहसचिव जोशा मगर, सहसचिव लक्ष्मण भुसाल, सहसचिव सिर्जना बडाल, कोषाध्यक्ष प्रकाश शर्मा रहनुभएको कमिटी निर्माण गरेको हो । कमिटीमा २४ जना सदस्य रहनुभएको छ । जसमा २७ सदस्यीय कमिटी हिजो चयन गरिएको छ भने बाँकी ४ जना मनोनित गरिने बताइएको छ ।

संगठनका केन्द्रीय उपाध्यक्ष उमेश आचार्य, विशेष अतिथि स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख नारायण घर्ती, अतिथिहरुमा स्थायी कमिटी सदस्य, संजय दवाडी, सचिवलय सदस्य तथा एमाले चाँगुनारायण नगरकमिटीका उपाध्यक्ष जयराम बाँस्तोलालगायतको उपस्थितीमा कमिटी निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित