विद्यालयमा नै मोडर्ना खोपको केन्द्र

काठमाडौँ, २५ मंसिर । बिहीबार आएको कोरोनाविरुद्धको मोडर्ना खोप दिनका लागि विद्यालयमा केन्द्र कायम गरिने भएको छ ।

कोरोनाविरुद्धको अमेरिकी खोप मोडर्ना १४ लाख ९८ हजारमात्रा आएको थियो । राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले मोडर्ना खोप १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दिने निर्णय गरिसकेको छ । मोडर्ना खोप बालबालिकालाई दिने निर्णय भएकोले खोप केन्द्र पनि विद्यालयमै तोकिएको छ भन्दै खोप शाखाका प्रमुख सागर दाहालले भने, “विद्यालयमै खो प केन्द्र तोकिँदा विद्यार्थीलाई सहज हुने छ ।”

सरकारले आगामी पुस ४ देखि १४ गते सम्म विद्यालयमै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । उनले यसअघि फाइजर खोप दिइएका २४ अस्पतालमा पनि मोडर्ना खोप दिइने बताए । बिहीबार कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा १४ लाख ९८ हजार छ सय मात्रा र गत शुक्रबार एक लाख ८८ हजार मात्रा मोडर्ना खोप नेपाल आएको थियो । हालसम्म आएको खोपसहित आइतबार सम्ममा ३७ लाख मात्रा मोडर्ना खोप आउने निश्चित भइसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित