एकै विद्यालयका २८ शिक्षक–विद्यार्थीलाई कोरोना संक्रमण

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए । दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण गरिएको थियो । विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय संक्रमित  रहेकामा बिहीबारमात्रै थप संक्रमित थपिएपछि संख्या ४१ पुगेको छ । दुई जना संक्रमित धौलागिरि अस्पतालको आइसोलेशनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदौ । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री

काठमाडौँ, १८ भदौ । आज सेयर बजार २५४२ अंकमा कायम भएको छ । अघिल्लो दिन १५ अंक बढेको नेप्से परिसूचक आज

काठमाडौँ, १८ भदौ । हालै देशका विभिन्न स्थानमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति चितवन को–ई ग्रुपले प्रधानमन्त्री दैवी

काठमाडौँ, १८ भदौ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७ हजार ६