नवनिर्वाचित कमिटीका सदस्यलाई अध्यक्ष ओलीको निर्देशन : दम्भ र अहंकार नदेखाउनु

चितवन, १४ मंसिर । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनशील हुन, दम्भ तथा अहंकार नदेखाउन निर्देशन दिनुभएको छ ।

पार्टीको दशौं महाधिवेशनअन्तर्गत मंगलबार बन्दसत्रलाई समापन गर्ने क्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले पुराना नेताले असल तौर तरिकाका साथ नयाँलाई सिकाउने र नयाँले पनि उत्सुकताका साथ पुराना नेताबाट सिक्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई हेरेर कस्तो तरिका, कस्तो शैली, कस्तो बोलीबचन अपनाउने भनेर अरु पार्टीका मानिसले अनुशरण गर्ने खालको हुनुपर्छ । हाम्रो आनीबानी नेता झैं हुनुपर्छ । कुनै पनि नेता घमण्डी, अहंकारी हुँदैन । अहंकारी मान्छे नेता हुँदैन, नेता भएपछि अहंकारी हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक दोहरी गायक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक भएको छ । आइडी

काठमाडौँ, १३ वैशाख । फेयरप्ले एपमा आईपीएल २०२३ को अवैध प्रसारणको सम्बन्धमा भारतको महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका

काठमाडौँ, १२ वैशाख । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सीको घर’ले उच्च शो पाएको छ । आजबाट अग्रिम बुकिङ

काठमाडौँ, १२ वैशाख । फिल्म ‘घरज्वाइँ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण