मेस्सीलाई सातौं पटक बालोन डी’ओर अवार्ड

एजेन्सी, १४ मंसिर । अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेनका (पीएसजी)का फरवार्ड लियोनल मेस्सीले सातौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई कीर्तिमानी सातौंपटक यो अवार्ड प्रदान गरिएको हो ।

विश्वभरका पत्रकारहरूको निर्णायक मण्डलले गरेको मतदानमा बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की दोस्रो र चेल्सी र इटालीका मिडफिल्डर जोर्गिन्हो तेस्रो भए । मेस्सी सर्वाधिक यस अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले पाँच पटक अवार्ड जितेका छन् ।

३४ वर्षिय मेस्सीले बार्सिलोनाका लागि गत सिजन ४८ खेलमा ३८ गोल गरेका थिए । अर्जेन्टिनाको कप्तानी गरेका उनले जुलाईमा कोपा अमेरिकाको उपाधि जितेका थिए । त्यो उनको करियरको पहिलो प्रमुख अन्तर्राष्ट्रिय उपाधि हो । त्यसपछि पिएसजी पुगेका उनले लसम्म ११ खेल मात्र खेलेका छन् । चार गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ