राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

काठमाडौँ, १३ मंसिर । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो । खेलकुदमन्त्री महेश्वर गहतराजले सदस्य सचिवका लागि तीन जनाको नाम मन्त्रिपरिषद्मा पेस गरेका थिए । युवा तथा खेलकुद मन्त्री गहतराजले घिसिङसहित, अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषद्मा पेस गरेका थिए ।

घिसिङ नेपाल रग्वी संघको अध्यक्ष तथा नेकपा माओवादी वाग्मती प्रदेशको सचिवालय सदस्य हुन् । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सदस्य सचिवको निर्णय गरेको हो । सरकारले कात्तिक १ गते तत्कालीन राखेप सदस्य सचिव रमेशकुमाल सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः