मुम्बई आक्रमणको १३ वर्षको अवसरमा माइतीघरमा पाकिस्तानविरुद्ध प्रदर्शन

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ ।

स्वतन्त्र युवा समूहले शुक्रबार मुम्बई आक्रमणको १३ वर्ष पुगेको अवसरमा माइतीमार उपस्थित हुँदा पाकिस्तानको चर्को विरोध गरेको हो । करिब सय जना युवाहरुको उपस्थितिमा पाकिस्तान प्रायोजित आक्रमणविरुद्ध माइतीमा चर्को विराध गर्दै नाराबाजी गरिएको हो ।

उनीहरुले मुम्बई हमलाको योजनाकार पाकिस्तान मुर्दावाद, निर्दोष हत्यारा पाकिस्तान मुर्दावाद भन्दै नाराबाजी गरेका हुन्। सन् २००८ को नोभेम्बर ११ मा पाकिस्तान प्रायोजिक आतंकवादी संगठनहरु लस्कर इ तैयबा र इस्लामिस्ट समूहले श्रृंखलाबद्ध आक्रमण गरेको थियो । उक्त आक्रमणको विश्वभरबाट चर्को विरोध भएको थियो । पाकिस्तान समर्थित आतंकवादी संगठनले गरेको हमलामा १७५ जना सर्वसाधारण र नौ जना आक्रमणकारीहरुको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए। मुम्बईका विभिन्न आठवटा स्थानमा विस्फोट गराइएको थिया ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड