नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौँ, १३ मंसिर । आज शेयर बजार घट्ने क्रम जारी देखिएको छ । आइतबार ८० अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले घटेको हो ।

शेयर कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ५१ अंकले घटेर २ हजार ९ सय २९ दशमलव ९७ अंकमा झरेकोमा छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ९२ अंकले घटेको छ ।

सोमबार नेप्सेपरिसूचकसँगै कारोबार रकममा समेत सुस्तता देखिएको छ । आइतबार ६ अर्बको शेयर किनबेच भएकोमा सोमबार मुस्किकले ४ अर्ब पुगेको छ ।

परिसूचक तथा कारोबार रकम घटे पनि सोमबार हाइड्रोपावर र म्युचुअल फण्डको समूका रहेका धेरै कम्पनीहरुको शेयर मूल्य घटेन । यी दुइ समूहका अधिकांश कम्पनीहरु झिनों अंकले बढ्दा समूहगत सवइनडेक्स पनि दुबैको सकारात्मक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।  बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले