नोभेम्बर २६ सन् २००८ मा भएको मुम्बई आक्रमणको सम्झना

अपराधीहरू अझै खुल्ला समाजमा छन्: एउटा संस्मरण

काठमाडौँ, १२ मंसिर । सन् २००८ को नोभेम्बर २६ तारिखमा मुम्बईमा आतङ्कवादी समूहले आततायी आक्रमण गरेका थिए । उक्त हमलामा ९ हमलाकारीहरू सहित १७५ जनाको ज्यान गएको थियो, ४ वटा विभिन्न ठाउँमा विभिन्न समयमा गरिएको आतङ्कवादी हमलालाई २६ ११ को घटना भनेर सम्झना गरिन्छ । आज १२ वर्ष बितिसक्दा पनि ती हमलाकारीहरूले सजाय पाउनु त कता हो कता, उनीहरू पाकिस्तानमा खुल्ला रूपमा जीवनयापन गरिरहेका छन् । हमलाको लगत्तै पछि पाकिस्तानमा आधारित लस्करे तोइबा नामक सङ्गठनले उक्त हमलाको जिम्मेवारी लिएको थियो ।

उक्त आक्रमणका मुख्य योजनाकार हफिज सयद आज पनि पाकिस्तानमा खुल्ला रूपमा बस्दछन् । आखिर आतंकवादीहरु लाई यसरी खुला रूपमा देशमा आश्रय दिने चलन कहिलेसम्म ? उक्त आक्रमणले भारतीयहरूलाई मात्र नभई शान्तिपूर्ण रूपमा बस्न चाहने पृथ्वीको हरेक कुनाका मान्छेको मस्तिष्कमा एउटा डर र प्रश्न दिएर गएको छ । घाउहरू त भरिएर जालान् तर दाग मेटिन सक्दैन, भारतीयहरूले २६ ११ को यस घटनालाई आतङ्कवादको चरम स्वरूपका रूपमा सम्झना गर्नेछन् । आशा छ, कसाब जस्ता आतंकवादीहरु लाई अब विश्वका कुनै पनि ठाउँका आमाको कोखले आश्रय नदिओस् । आखिर यसरी एउटा देशले प्रयोजन गरेर अर्को देशमा यस्ता आतङ्कवादी हमलाहरू गरिने चलन कहिलेसम्म रहन्छ ?

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ माघ । नक्कली मास्क बेचेको आरोपमा चार जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ । प्रहरीका अनुसार ललितपुर

काठमाडौँ, १३ माघ । थप ८ हजार १७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ३९ हजार

काठमाडौँ, १३ माघ । काठमाडौँको शंखरापुर नगरपालिका–३, बोजेनीमा एक दम्पती सुतेकै अवस्थामा मृत फेला परेका छन् । काठमाडौं प्रहरी परिसर,

रौतहट, १३ माघ । रौतहटमा मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार ना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021