‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत दोस्रो चरणका खेलहरु आजदेखि

काठमाडौँ, १० मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत दोस्रो चरणका खेलहरु आजदेखि  सुरु हुँदैछन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब  दिउँसो १ बजे तथा सङ्कटा र फ्रेन्ड्स क्लब बेलुका पौने ५ बजे खेल्दैछन् ।

पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्सविरुद्ध गोलरहित बराबरी खेलेको थियो । थ्री स्टार भने लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

शीर्ष स्थानको थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो । यस्तै सङ्कटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि