स्पिनर सन्दिप अस्ट्रेलिया प्रस्थान

काठमाडौँ, ९ मंसिर । बिग ब्यास लिग खेल्न नेपाली लेग स्पिनर सन्दिप लामिछाने बुधबार अस्ट्रेलिया प्रस्थान गरेका छन् । लगातार चौंथो सिजन लिग खेल्न लागेका सन्दीप अस्ट्रेलिया पुगेर १ दिन क्वारेन्टाइन बसेपछि टिमसँग अभ्यासमा जोडिनेछन्। 

बिग ब्यास लिगको एघारौं सिजन आगामी डिसेम्बर ५ तारिखदेखि सुरू हुँदैछ। यसपटक सन्दिपले होबार्ट हरिकेन्सको प्रतिनिधित्व गर्दैछन् ।

गत वर्ष बिग ब्यास लिग खेलेपछि सन्दिपले कुनै पनि विदेशी लिग खेलेका छैनन् । भिसा समस्याका कारण इंग्ल्यान्डको दुई वटा टि-ट्वान्टी लिग ‘द हन्ड्रेड’ र ‘टि-ट्वान्टी ब्लास्ट’ गुमाएका उनले त्यसपछि नेपालको विश्वकप लिग-२ अन्तर्गत ओमान भ्रमणका कारण क्यारेबियन प्रिमियर लिग पनि गुमाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।  बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले