यी हुन् शिक्षामन्त्री पौडेलका ३१ प्राथमिकता (सूचीसहित)

काठमाडौँ, ७ मंसिर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी आफ्नो मन्त्रालयको प्राथमिकताहरू सार्वजनिक गर्नुभएको छ ।

मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले अनिवार्य तथा निःशुल्क शिक्षा ऐनलाई कार्यान्वयन गर्ने लगाएतका ३१ बुँदे प्राथमिकता सार्वजनिक गर्नुभएको हो । जसमा सबै पालिका र प्रदेशलाई साक्षर घोषणा गरिने, सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गरिने लगायतका विषयमा समेटिएका छन् ।

यी हुन् सार्वजनिक ३१ प्राथमिकता

१) सबै विद्यार्थीलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्था गरिनेछ ।

२) सबै पालिका र प्रदेशलाई साक्षर घोषणा गरिनेछ ।

३)   सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ ।

४) अनिवार्य तथा निःशुल्क शिक्षा ऐनलाई कार्यान्वयन गरिनेछ ।

५) कक्षा १२ सम्मका पाठ्य पुस्तकको छपाई गुणस्तरीय एवम् रङ्गीन बनाइनेछ ।

६)   अधिकतम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ संचालनमा ल्याइनेछ ।

७) स्थायी शिक्षक पदपूर्तिको लागि विज्ञापन प्रकृया तत्काल अगाडि बढाइनेछ । 

८) समयमै सबै सेट पाठ्यपुस्तकहरू विद्यार्थीको हात हातमा पुर्‍याइनेछ ।

९) संघीय शिक्षा ऐनको मस्यौदा तत्काल तयार गरिनेछ ।

१०) शिक्षक दरबन्दी मिलान कार्यलाई सहजीकरण गरी अनुगमन गरिनेछ ।

११) हरेक स्थानीय तहमा कम्तिमा एक वटा प्राविधिक शिक्षालय पुर्‍याइनेछ ।

१२) गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिनेछ । कसैलाई पनि पढ्ने अवसरबाट बञ्चित हुन नपर्ने अवस्था सुनिश्चित गरिनेछ ।

१३) विद्यालयहरु स्वास्थ्य मापदण्ड पालना गरि संचालन भए नभएको अनुगमन गरिनेछ । 

१४) निजी विद्यालयले सरकारले तोके अनुसारको छात्रवृत्ति उपलब्ध गराए नगराएको प्रभावकारी अनुगमन गरिनेछ ।

१५) विधार्थी भर्ना संख्याका आधारमा नभई सिकाइका आधारमा विद्यालयको उपलब्धि मापन गरिनेछ । 

१६) शिक्षक अस्पताल निर्माणको प्रकृया अगाडि बढाइनेछ ।

१७)  वैकल्पिक सिकाइ र अनलाइन शिक्षा प्रणालीलाई प्रभावकारी बनाइनेछ । 

१८) तिनै तहको सरकारबाट संचालन हुने शैक्षिक कृयाकलापहरू बीच आपसी समन्वय कायम गरि नतिजा सुनिश्चित गरिनेछ ।

१९) शैक्षिक गुणस्तरमा सुधार ल्याउन हरेक क्षेत्रको सुक्ष्म अनुगमन गरिनेछ ।

२०) उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरिनेछ ।

२१) शिक्षा तथा मानव श्रोत विकास केन्द्रबाट संचालित एजुकेसनल पोर्टल गुणस्तरीय सामग्री समाबेश गरि सबैको पहुँचमा पुर्‍याइनेछ ।

२२) राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारी रुपमा संचालनमा ल्याइनेछ । 

२३) तीन वर्षभित्र सबै सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार तयार गरिनेछ ।

२४)   दलित उत्पीडित अल्पसंख्यक  पिछडिएका बर्गको गुणस्तरीय शिक्षामा पहुँच कायम गरिनेछ । 

२५) शैक्षिक पूर्वाधार निर्माण एवम् प्रविधि विकासमा वैदेशिक लगानी आकर्षण गरिनेछ । स्वदेशी एवम् विदेशी लगानीलाई प्रोत्साहन गरिनेछ ।

२६) विभिन्न आन्दोलनका घाइते, अपांग एवम् द्वन्द्व पीडितलाई शैक्षिक अवसर प्रदान गरिनेछ । 

२७) शिक्षक तथा प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा पेसागत सहयोग उपलब्ध गराई शिक्षण सिकाइ प्रति स्व जवाफदेही बनाइनेछ ।

२८) प्रत्येक पालिकास्तर, प्रदेशस्तर र राष्ट्रिय स्तरमा प्रविधिमैत्री नमुना विद्यालय स्थापना गरिनेछ ।

२९) विद्यालय स्तरको एसईई र कक्षा १२ को परीक्षालाई व्यवस्थित गरिनेछ ।

३०) शिक्षक कर्मचारीका पेसागत समस्याहरू तीनै तहको सरकारको क्षेत्राधिकार भित्र रही समाधान गर्न अधिकतम प्रयास गरिनेछ ।

३१) युनेस्को महासभामा प्रस्तुत नेपालको नीति वक्तव्यको कार्यान्वयनका लागि कार्यक्रमहरु तयार गरि कार्यान्वयन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वाशिङ्टन, २१ मंसिर । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार बेइजिङको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारको आह्वानलाई समर्थन गरे । चिनियाँ

बेइजिङ, २१ मंसिर । कल्पना गर्नुहोस्, एक क्षणको लागि चीनमा बस्ने मानिसहरूलाई संसार कस्तो देखिन्छ। संसारको सबैभन्दा ठूलो र सबैभन्दा

काठमाडौँ, २१ मंसिर । सोमबार बंगलादेश र भारत बीचको कूटनीतिक सम्बन्धको ५० औं वर्ष पुगेको छ । यहि दिन भारतले बंगलादेशलाई

काठमाडौँ, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021