प्रियंकाले इन्स्टाग्राममा पतिको थर हटाएपछि…

काठमाडौँ, ७ मंसिर । बलिउड नायिका प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम एकाउन्टको बायोबाट पति निकको थर जोनस हटाएकी छन् । विवाहपछि प्रियंकाले आफ्नो एकाउन्टमा प्रियंका चोपडा जोनस राख्दै आएकी थिइन् ।

अब प्रियंकाको नाममा चोपडा मात्र जोडिएको छ । यसअघि पनि कैयौं अभिनेत्रीहरुले आफ्नो सामाजिक सञ्जालमा श्रीमानको थर हटाएर डिभोर्स गरेका छन् । योसँगै प्रियंकाले पनि पति निकसँग डिभोर्स गर्न लागेको चर्चा शुरु भएको थियो । इन्टाग्राममा निकको थर हटाएपछि डिभोर्सको चर्चा हुन थालेपछि प्रियंकाले आलोचकलाई जवाफ दिएकी छन् । निकले व्यायाम गर्दै गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । जसमा प्रतिक्रिया दिँदै प्रियंकाले लेखेकी छन्, ‘म तिम्रो अंगालोमा मर्न चाहन्छु ।’

प्रियंकाले डिभोर्सको हल्ला चलेपछि निकलाई निक्कै प्रेम गर्ने गरेको जवाफ दिन खोजेकी छन् । डिभोर्सको चर्चा शुरु भएपछि प्रियंकाकी आमाले पनि यसलाई गलत बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वाशिङ्टन, २१ मंसिर । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार बेइजिङको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारको आह्वानलाई समर्थन गरे । चिनियाँ

टोकियो, २१ मंसिर । जापानका नवनियुक्त परराष्ट्रमन्त्री योशिमासा हयासीले बिहीबार चीनको सैन्य आक्रमणबाट उत्पन्न सुरक्षा चुनौतीहरूको बीचमा विश्वव्यापी मूल्यमान्यता र

काठमाडौँ, २१ मंसिर । सोमबार बंगलादेश र भारत बीचको कूटनीतिक सम्बन्धको ५० औं वर्ष पुगेको छ । यहि दिन भारतले बंगलादेशलाई

काठमाडौँ, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021