‘एमालेको ‘सचिव’ पदमा युवा नेता महेश बस्नेतको घोषणा यी २० कारणले उपयुक्त छ’

बचन बहादुर सिंह

१. विगत एक वर्ष अगाडिदेखि एमालेलाई चारै तिरबाट प्रहार भइरहदाँ, एमालेलाई जोगाउँन देशव्यापी रुपमा अभियान चलाउनु भएकोले ।

२. देशभरका युवाहरुलाई एकताबद्ध गरेर एमालेको पक्षमा उभ्याएउन सफल नेता ।

३. एमाले माथि पटक पटक आन्तरिक र बाह्य रुपमा प्रहार भइरहदाँ र उहाँ बिरुद्ध खनिनेहरु पनि अहिले एमालेको राजनीतिमै हुनुहन्छ, त्यो सिंगो एमालेको लागि गौरबको कुरा भएकोले ।

४. आफू युवा संघको अध्यक्ष हुँदा होस वा एमालेको केन्द्रीय सदस्य हुँदा पार्टीकै पक्षमा जनताको माहोल बनाउन सफल नेता भएकोले ।

५. जनयुद्धका नाममा एमाले कार्यकर्ताको हत्या र वाइसिएलको दबदबा बिरुद्ध यूथ फोर्स बनाएर देशैभरी युवा परिचालन गर्दै कार्यकर्ताको संरक्षण गरेकोले ।

६. एमाले तेस्रो दलमा खुम्चिएका बेला देशैभरी युवा अभियान चलाएर एमालेलाई बलियो बनाउन सफल नेता भएकोले ।

७. पार्टी विघटन तर्फ लाग्दै गर्दा केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर एमालेलाई पहिलो पार्टी बनाउनु पर्छ भन्ने अभियानको चलाएकोले ।

८. पार्टी भित्र र बाहिर केपी ओलीलाई संस्थागत गुट बनाएर असफल बनाउन खोज्दा रक्षा कवचको रुपमा काम गरेको (त्यसबेला अनेक झुट आरोप र अपमानलाई सहनु परेको थियो)

९. संविधान निर्माणको चरणमा सुशील कोइराला प्रधानमन्त्री हुँदा १३ महिना उद्योग मन्त्रालय सम्हालेर जीर्ण उद्योग क्षेत्रमा नयाँ उत्साह ल्याउन सफल हुनुभएकोले ।

१०. विपक्षी र बिरोधीहरुले मधेशमा पार्टी अध्यक्ष केपी शर्मा ओली र एमालेलाई निषेध गर्ने दुस्प्रचार गरिरहदाँ मधेशका समग्र युवाहरुलाई समेटेर एमाले र अध्यक्ष केपी शर्मा ओलीको पक्षमा माहोल सृजना गर्नु भएकाले ।

११. नेता बस्नेतले एमाले पार्टीको सरकार मजबुद बनाउन मधेशवादी दलसँगको संबाद र सहकार्यमा प्रभावकारी भूमिका खेल्दै मेधशमा समेत एमालेलाई मजबुद बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएकोले।

१२. विपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्रदेखि एकिकृत समाजवादी दललाई समेत यतिखेर महेश बस्नेत टाउँको दुखाई बनेको छ । एमालेको पक्षमा, अध्यक्ष ओलीको पक्षमा निडर भएर उभिने महेश बस्नेतबाट यी पार्टीहरुलाई पछिसम्म खतराको महसुस हुने देखेरै अहिले काँग्रेस सभापति शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष माधव नेपालसमेत भक्तपुर केन्द्रीत कार्यक्रम गर्दै नेता बस्नेतका बिरुद्ध गाली मात्रै नभई मोर्चाबन्दी गर्नुले पनि एमाले भित्र नेता बस्नेतको शक्ति ठूलै भएको पुष्टी गर्न सकिन्छ ।

१३. उम्मेदवारीमा आधार प्रस्तुत गर्दै उहाँले एमालेको संगठन कमजोर भएको भक्तपुर जिल्लामा २०७४ को संघीय निर्वाचनमा अत्याधिक मतले विजयी ।

१४. सिद्धान्तबाट कहिलै विचलित नभई सदन भित्र सरकारको पक्षमा सशक्त भूमिका निर्वाह गर्न सफल नेता भएकोले ।

१५. भक्तपुरलाई विकासको क्षेत्रमा नमूनाको जिल्ला बनाउन सफल नेता भएकोले ।

१६. राजनीतिको सम्भावित परिदृष्यलाई बुझेर नेकपा कालमा ‘नेकपा एमाले’ नामको दल दर्ता गरेर एमाले ब्राण्ड बचाउन सफल नेता भएकोले ।

१७. पुष ५ पछाडि सरकार र पार्टीमा संकट आइरहदाँ सत्ता र शक्ति भित्र रहेका नेताहरु मौन बसेका बेलामा पनि देशैभर युवा परिचलान गरेर अध्यक्ष ओलीको कदम सही छ भन्ने सन्देश देशभरी फैलाउन सफल हुनुभएकोले ।

१८. पार्टी हितका लागि अध्यक्ष ओलीको निर्देशन जस्तोसुकै जोखिम मोलेर पनि पुरा गरेको जस्ता विभिन्न अत्यन्तै महत्वपूर्ण काम गर्नु भएकोले ।

१९. पार्टीमा संकट आउँदा पार्टीका मै हुँ भन्ने ठूला नेताहरु चुपचाप बस्दा महेश बस्नेत एक्लै युवाहरुको साथ लिएर देशव्यापी रुपमा एमालेको पक्षमा माहौल बनाउन सफल नेता भएकोले ।

२०. हाल महेश बस्नेत युवादेखि पाकासम्मका जनताको मनमा बस्न देशकै अब्बर नेताको रुपमा स्थापित हुन सफल हुनुभएको छ भन्न सकिन्छ ।

एमालेका युवा नेता तथा राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको

काठमाडौँ, १५ चैत । सरकारले विभिन्न मुख्य पाँच निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३