नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्टमा नेपाली र भारतीय कलाकारको प्रस्तुति

काठमाडौँ, ७ मंसिर । डीएभी सुशील केडिया विश्व भारती स्कूल, काठमाडौँ र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौँले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट आइतबार काठमाडौँमा आयोजना गरेको छ।

कार्यक्रमको उद्घाटन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गरेका थिए । यसमा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र भारतीय दूतावासका प्रथम सचिव ९प्रेस, सूचना र संस्कृति० नवीन कुमारको उपस्थिति थियो।

मन्तव्यका क्रममा लोसपा अध्यक्ष ठाकुरले भारत र नेपालको साझा सांस्कृतिक सम्पदा र दुई मित्रतापूर्ण छिमेकीहरूबीचको सदियौं पुरानो सम्बन्धलाई प्रवर्द्धन र संरक्षण गर्न युवा कलाकार र विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए। सो अवसरमा बोल्दै प्रथम सचिव नवीन कुमारले भारत र नेपालका कलाकारहरुको रमाइलो प्रस्तुति र आफ्नो कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा भारतका चर्चित कलाकारहरू गायिका डा रञ्जना झा, नर्तकहरू यामिनी शर्मा र रिजुला मिश्र तथा नेपालका स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुतिले दर्शकहरूलाई मोहित पारेका थिए। भारत र नेपालका सीबीएसई स्कूलका युवा विद्यार्थीहरूले पनि सांस्कृतिक प्रदर्शनी प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

आज २०७८ मंसिर २२ गते बुधबार ।  मेष: कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक

काठमाडौँ, २१ मंसिर । शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव १८ अङ्कले घटेर दुई हजार पाँच सय ८ दशमलव ९०

काठमाडौँ, २१ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, २१ मंसिर । थप ३ सय १५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २३ हजार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021