गलवान उपत्यामा मारिएका चिनियाँ सहिदको अपमान गरेको भन्दै ट्राभल ब्लगरलाई ७ महिनाको जेल सजाय

बेइजिङ, ४ मंसिर । भारतीय सेनासँग गलवान उपत्यका सीमा भिडन्तमा मारिएका चिनियाँ सहिदहरूको चिहानको छेउमा पोज दिने एक ट्राभल ब्लगरलाई शहीदहरूको प्रतिष्ठा र सम्मान हनन गरेको आरोपमा सात महिनाको जेल सजाय सुनाइएको छ ।

उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको पिशान काउन्टीको स्थानीय अदालतले पनि उनलाई १० दिनभित्र मिडियामार्फत सार्वजनिक रूपमा माफी माग्न आदेश दिएको थियो । सोशल मिडिया प्लेटफर्म टोउटियो न्युजमा सियासियान जयसन नामको प्रयोग गर्ने ब्लग बनाउने लि सिसियनलाई सात महिनाको जेल सजाय सुनाइएको हो । गलवान उपत्याकोका काराकोरम पर्वतमा अवस्थित कांगवाक्सी सहिद कब्रिस्तानमा पुगेका उनले सहिदहरुको अपमान गरेको भन्दै सजाय सुनाइएको हो ।

उनले पहिलो पटक नाम कुँदिएको ढुङ्गामा पाइला राखेको आरोप लगाइएको छ । उनले गलवान उपत्यका सीमा झडपमा आफ्नो ज्यान बलिदान दिने चेन सियांग्रोङको चिहानको छेउमा अनुहारमा मुस्कान लिएर समाधिस्थलतर्फ पिस्तोल जस्तो इशारा गरेको तस्बिर सार्वजनिक भएपछि उनलाई कारबाही सुरु गरिएको हो । यस्तो अनुपयुक्त व्यवहारले जनताको ध्यानाकर्षण गराएको र स्थानीय प्रहरीले गत जुलाई २२ मा पिशान काउन्टीमा स्थानीय जनताको प्रोक्युरेटोरेटसँग कानून बमोजिम छानबिनको लागि कदम चालेर मुद्दाको अनुसन्धान थालेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वाशिङ्टन, २१ मंसिर । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार बेइजिङको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारको आह्वानलाई समर्थन गरे । चिनियाँ

बेइजिङ, २१ मंसिर । कल्पना गर्नुहोस्, एक क्षणको लागि चीनमा बस्ने मानिसहरूलाई संसार कस्तो देखिन्छ। संसारको सबैभन्दा ठूलो र सबैभन्दा

काठमाडौँ, २१ मंसिर । सोमबार बंगलादेश र भारत बीचको कूटनीतिक सम्बन्धको ५० औं वर्ष पुगेको छ । यहि दिन भारतले बंगलादेशलाई

काठमाडौँ, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021