जडीबुटीका बिरुवा निःशुल्क वितरण

काठमाडौँ, ४ मंसिर । औषधीजन्य वनस्पति लेमनग्रास, पत्थर चट्टा एवं गुर्जोका दुई हजार ५०० बिरुवा वितरण गरिएको छ ।

पतञ्जलि योग पीठ नेपाल, मण्डिखाटारको नवनिर्मित भवनको उद्घाटनका अवसरमा शुक्रबार निःशुल्करुपमा जडीबुटीका बिरुवा वितरण अभियानमा लाग्नुभएका आन्तरिक राजस्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले जडीबुटीका बिरुवा वितरण गरेका हुन् । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि लगायतलाई गुर्जोबाट बनेको चिया सेवन गराइएको थियो ।

अभियानकर्मी राजलवटले नेपालमा कोरोना महामारी सुरु भएसँगै विसं २०७६ चैतदेखि गुर्जोलगायत जडीबुटीका बिरुवा र गुर्जोलगायत जडीबुटीबाट बनेको चियाका पोका वितरण गर्दै आएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न गुर्जोसहित जडीबुटीले सहयोग गर्ने आयुर्वेद चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन् । हालसम्म उनले प्रायः सबैजसो जिल्लामा निःशुल्क बिरुवा र गुर्जोसहित जडीबुटीबाट बनेको चिया एवं धुलो वितरण गरेका छन् । यसबीचमा करिब तीन लाख बिरुवा वितरण गरिएको जनाइएको छ । सेवनकर्ताबाट फाइदा भएको प्रतिक्रिया पाएपछि यो अभियानलाई निरन्तरता दिइएको अभियानकर्मी राजलवटले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021