अफगानिस्तानको विषयमा भएको क्षेत्रीय सम्मेलनमा पाकिस्तान उपस्थित नहुनु स्वभाविक हो : भारत

नयाँ दिल्ली, ३ मंसिर । अफगानिस्तानमा विषयमा भारतको नयाँ दिल्लीमा भएको क्षेत्रीय सम्मेलनमा पाकिस्तानमो अनुपस्थिति कुनै आश्चार्य नभएको बताइएको छ। भारतले अफगानिस्तानको पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्नका लागि विभिन्न छिमेकी तथा क्षेत्रीय मुलुकहरुको सुरक्षा सम्मेलन गरेको थियो।

उक्त सम्मेलनमा पाकिस्तान भने सहभागी भएको थिएन। पाकिस्तानको अनुपस्थितिका विषयमा भारतीय पक्षले अफगानिस्तानका विषयमा दिल्ली क्षेत्रीय सुरक्षा सम्मेलनबारे पाकिस्तानले गरेको निर्णय दुर्भाग्यपूर्ण भए पनि आश्चार्यजनक नभएको बताएको छ। पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले सार्वजनिकरुपमा नै भारतमा भएको सुरक्षा सल्लाहकारहरुको बैठकमा उपस्थित नहुने घोषणा गरेका थिए। चीनले भने उक्त बैठकका विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको अध्यक्षतामा बसेको बैठकले अफगानिस्तानमो पछिल्लो घटनाक्रमप्रति ध्यानाकर्षण भएके जनाउँदै अफगानिस्तानलाई आतंकवादको आश्रयस्थल बन्न नदिने, अफगानिस्तानको शान्ति तथा स्थायित्व कायम गर्न पहल गर्ने र अफगानी नागरिकलाई तत्काल मानवीय सहायता उपलब्ध गराउने सहमति गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा

काठमाडौँ, ६ बैशाख । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका

वासिङ्टन डिसी, ६ बैशाख । अर्थमन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्द्धनका