परिसूचक नेप्सेमा ३२ अंकको गिरावट

काठमाडौँ, २ मंसिर । आज सेयर बजार परिसूचक नेप्से नेप्से ३२.३९ अंकले गिरावट भएर  २७६९.१३ अंकमा बन्द भएको छ ।

आज नेप्सेसँगै सबै उपसूचकमा पनि गिरावट भएको छ । हाइड्रोपावर उपसूचकमा सर्वाधिक २.८४ प्रतिशतको गिरावट हुँदा विकास बैंक उपसूचक २.०२ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.२ प्रतिशतले घटेको छ ।

बिहीबार बजार परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको छ । बुधबार ६ अर्ब ७० करोडको कारोबार भएको बजारमा आज कारोबार रकम ६ अर्ब २७ करोडमा झरेको हो । आज नेप्सेमा ९८ लाख ६२ हजार ९४० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजारको कारोबार भएको छ । 

नेप्सेमा आज कारोबार रकममा नेपाल दुरसञ्चार कम्पनीले लिड गरेको छ । कम्पनीको ६० करोडको कारोबार हुँदा महालक्ष्मी विकास बैंकको ५७ करोड, अपर तामोकोशीको ३९ करोड ५० लाख, नेशनल हाइड्रोपावरको १९ करोड र छिमेक लघुवित्तको १७ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२  मंसिर । थप १ सय ५८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २० हजार

जनकपुरधाम, १२ मंसिर । सर्लाहीको बरहथवा नगरपालिकामा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । जिल्ला

कञ्चनपुर, १२ मंसिर । पुनर्वास नगरपालिका–६, मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आज लागुऔषध नेट्राभेट–१० सहित तीनजनालाई पक्राउ परेको छ । से४प

काठमाडौँ, १२ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न ५ देशमा फैलिएको जनाएको छ । यो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021