भारत सरकारको सहयोगमा बुटवलमा विद्यालय भवन बनाइँदै

काठमाडौँ, २ मंसिर । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख करुण वंशल र बुटवल नगरपालिकाका मेयर शिवराज सुवेदीले आज संयुक्त रुपमा शिलान्यास गरेका हुन् । भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा सो नयाँ विद्यालय भवनको निर्माण करिब ४।४१७ करोड रुपैयाँको लागतमा हुनेछ ।

सन् १९७१ मा स्थापना भएको श्री नहरपुर माध्यमिक विद्यालय यस क्षेत्रको पुरानो विद्यालय हो । निर्माण सम्पन्न भएपछि विद्यालय नयाँ भवनमा सर्नेछ । हाल विद्यालयमा ११२७ जना विद्यार्थीहरु अध्ययनरत छन् जसमा करिब ५०५ छात्रा रहेका छन् । सन् २००३ यता भारतले नेपालका सातैवटा प्रदेशमा स्वास्थ्य, खानेपानी, कनेक्टिभिटि, सरसफाई लगायत सार्वजनिक उपयोगिताका क्षेत्रहरुमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत ४५४ वटा परियोजनाको निर्माण सम्पन्न गरिसकेको छ ।

यी परियोजनाहरु मध्ये रुपन्देही जिल्लामा निर्माण सम्पन्न भएका १० गरी प्रदेश ५ मा ६० वटा परियोजना रहेकोमा सोही जिल्लाका दुई गरी ९ वटा परियोजना निर्माणका विभिन्न चरणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र