संयुक्त राष्ट्र संघको कानुनी कमिसनमा भारतका विमल पटेल निर्वाचित

संयुक्त राष्ट्र संघ, २ मंसिर । भारतको राष्ट्रिय रक्षा विश्वविधालयका प्राध्यापक र राष्ट्रिय सुरक्षा समितिका सदस्य विमल पटेल सन् २०२३ जनवरी १ वाट आगामी ५ वर्षका लागि संयुक्त राष्ट्र संघ को कानुनी कमिसनमा निर्वाचित भएका हुन् । उनले संयुक्त राष्ट्र संघ को अन्य देशका प्रतिस्पर्धीहरु सँग कडा प्रतिस्पर्धात्मक चुनावमा जितेका हुन् ।

एसिया प्यासिफिक क्षेत्रबाट ८ सिटका लागि ११ जना उम्मेदवारको कडा प्रतिस्पर्धा थियो । संयुक्त राष्ट्र सङ्घमा भारतका प्रतिनिधि टिएस त्रिमुर्तिले ट्विट गर्दै पटेललाई बधाई ज्ञापन गर्नका साथ राष्ट्र संघ का अन्य सदस्य राष्ट्रहरूलाई भारतप्रतिको विश्वासका लागि धन्यवाद समेत ज्ञापन गरेका छन् ।

१९२ सदस्य राष्ट्रहरु मध्य १६३ भोट भारतको उम्मेदवारको पक्षमा खसेको थियो । यी एसिया प्यासिफिक देशका समूहमा चीन, दक्षिण कोरिया, जापानहरू लगायतका देश पनि थिए । भारतले १६३ भोट पाएकोमा थाइल्यान्डले १६२ भोट, १६४ जापान र १४५ भियतनामले भोट पाएको थियो । प्राध्यापक विमल पटेलले भारतका विशिष्ट पदहरूमा सेवा गरेका छन्, गुजरात नेशनल कानुन विश्वविद्यालयका डाइरेक्टर जनरल भइसकेका पटेल भारतका २१सौं कानुन कमिसनका सदस्य पनि हुन् । आफ्नो कार्यकालमा प्रतिभावान् शिक्षाविद्, कानुनविद् र न्यायधिश का रूपमा ख्याति कमाएका पटेल ले १५ वर्ष यूनाइटेड नेशन आफ यूथ एण्ड अर्गनीजेशन फर प्रोहिबिशन अफ केमीशल वेपन जस्ता विश्वस्तरिय सङ्गठनहरूमा नेदरल्याण्डसको हेगमा काम गरिसकेका छन् भनी राष्ट्रिय रक्षा विश्वविधालयको वेबसाइटमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार साँझ फिल्म ‘द रेड सुटकेस’ हेरेका छन् । छोरी मानुषी भट्टराईसँगै

काठमाडौँ, २ बैशाख । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ले देशैभर आक्रामक व्यापार गरेको छ । शुक्रबार र शनिबार फिल्मले

काठमाडौँ, २ बैशाख । फिल्म ‘द रेड सुट्केस’ पछिल्लो समय बलियो ‘वर्ड अफ माउथ’ पाउने फिल्म बनेको छ । नयाँ

मुम्बई, २ बैशाख । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । आज बिहान ५ बजे मोटरसाइकलमा