शेयर बजारमा झण्डै ७० अंकको वृद्धि

काठमाडौँ, ३० कार्तिक । आज सेयर बजारको परिसूचक नेप्से झण्डै ७० अंकले बढेको छ ।

लगातार दोस्रो दिन दोहोरो अंकले बढेको बजार परिसूचक नेप्से मंगलबार ६९.२२ अंकले बढेर २७८४.५८ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

आज दोस्रोे बजारमा २२७ कम्पनीको एक करोड ९३ हजार २२१ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुगेको छ । जसमा १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ । एक कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।

आज कारोबारमा आएका सबै उपसमूहमा हरियाली छाएको छ । मंगलबार महालक्ष्मी विकास बैंक, नेशनल हाइड्रोपावर कम्पनी र अपि पावर कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021